थप १२४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४४४

काठमाडाैं | चैत २७, २०७९

थप १२४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४४४

काठमाडौं : थप १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

 

पछिल्लो २४ घन्टामा देशभरबाट २५६६ नमूना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९०३ र एन्टीजेनबाट १६६३ नमुना परीक्षण गर्दा पीसीआरबाट ७७ र एन्टिजेनबाट ४७ को रिपोर्ट पोजिटिभ आएको हो।

 

यो अवधिमा २९ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्